| आइतवार, कार्तिक २२, २०८३

डान्स गर्दा लडेर पत्रकार अनुपाको निधन

डान्स गर्दा लडेर पत्रकार अनुपाको निधन

नेपालगञ्जकी पत्रकार अनुपासिंह राजवंशीको सोमबार निधन भएको छ। नेपालगञ्जको कृष्णा होटलमा गएराति स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेर घाइते भएकी पत्रकार राजवंशीको स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले मृतक पत्रकार राजवंशीको शव परीक्षण गर्न मंगलबार भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने बताए।

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीय पत्रकार राजवंशी नेपालगञ्जस्थित टेलिभिजन र रेडियोमा समाचार वाचन गर्थिन्। केही महिनाअघि मात्र उनले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्