| आइतवार, कार्तिक २२, २०८३

सुन तस्करीको ‘क्लासरुम’ एमके मामाको निवास

सुन तस्करीको ‘क्लासरुम’ एमके मामाको निवास

न्यूप्लाजा मोडबाट कालिकास्थानतर्फ मोडिने मार्गको दाहिनेतिर डाँडामा यो घर पर्छ। आधुनिक घरका गतिविधि दुवै तर्फका छिमेकी र सडकबाट देख्न सकिँदैन।  घरको संरचना नै सोही अनुसार निर्माण भएको छ।

काठमाडौं महानगरपालिका(२९ कालिकास्थानस्थित यो घरका धनी धरान उपमहानगरपालिका(३ का स्थायी बासिन्दा शिबकुमार अग्रवालका छोरा एमके मामा उपनाम भएका मोहनकुमार अग्रवाल हुन्। एमके ३ हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सर्वाधिक खोजी भइरहेका व्यक्ति हुन्।

२० चैत्र २०७४ सम्म यो घर काठमाडौंका अन्य सामान्य घर सरह नै थियो। तर शुक्रबार ९२५ जेठ ०७५० ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितिले करिब ७ घण्टा भन्दा बढी समय गरेको खानतलासीबाट देखियो, यो घर सुन तस्करीको तालिम केन्द्र रहेछ।

‘हामीलाई यो घर सुन तस्करीबारे सिकाउने ‘विश्वविद्यालय’ जस्तै लाग्यो, भेटिएका सामाग्रीले त्यहाँ सुन तस्करीबारे सिकाउने कक्षा नै सञ्चालन हुने गरेको देखिन्छ’, समितिका संयोजक इश्वरराज पौडेलले आईतबार नेपालखबरसँग भने, ‘सुन तस्करीको गिरोहमा भर्ना हुने नयाँ सदस्यलाई सोही घरमा तामिल दिने गरिएको तथ्य भेटिएका छन्।’

समितिले एमकेको घरबाट तीन थान सुन बोक्न प्रयोग हुने ज्याकेट बरामद गरेको छ। ज्याकेट काठमाडौं महानगरपालिका(७ खरिबोटस्थित एक टेलर्समा बनेको थियो। कम्मरमा वरिपरिबाट बाँध्ने र १० वटा खल्ती भएका ती जिन्सका ज्याकेट पूर्पक्षका लागि थुनामा रहेका टेकराज मल्लले अर्डर गरेर नेपालीले बनाएका थिए।

२० किलोसम्म सुनका बिस्कुट राख्न सकिने ती ज्याकेट लगाएर सामान्य अवस्थामा विमानस्थल बाहिरिने तालिम एमकेको घरमा दिने गरिएको समितिको निष्कर्ष छ। सुन तस्करीका संगठित सदस्यहरुको जिम्मेवारी, अधिकार र दायित्वका विषयमा समेत एमकेकै घरमा नियमित कक्षा ९छलफल० हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्