| आइतवार, कार्तिक २२, २०८३

सुन पाउने आशमा महिलालाई बली दिने प्रयास

सुन पाउने आशमा बिद्यालयमै महिलाको बली

केही समय अघिमात्रै नवलपरासीमा एक बालकलाई बलि दिएको घटना नसेलाउँदै पुन अर्काे त्यस्तै घटना घटना भएको छ । समाजमा अन्धबिश्वास हटाउन प्रयास गर्नुपर्ने विद्यालयका प्रध्यानाध्यापकले नै सुन पाउने आशमा एक महिलाको बलि चढाउने प्रयास गरेका छन् ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस बोर्डीङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय महिलाको बलि चढाउन खोजेको स्थानीयहरु बताउँछन् ।
शर्माले गाउँकै फूलमति मुसहरलाई बलि दिने प्रयास गरिरहेको अबस्थामा मुसहरको आफन्तले देखेपछि बलि चढाउन रोकिएको थियो ।

विद्यालय परिसरभित्रै चार फिट गहिरो, डेढ–डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने अन्धबिश्वास शर्माको मनमा पलाएपछि बलि चढाउने प्रयास गरेको हुनसक्ने स्थानीयको भनाइ रहेको छ । तर, शर्माले भने फूलमति बिरामी भएकाले उन्को उपचारका लागि पूजा गर्न खाजेको दाबी गरे ।

स्रोतका अनुसार फूलमतिसँग लामो समयसम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए ।

शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्रांगणअघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको लगिएको थियो ।
फूलमतिलाई उनकै देवर–देउरानीको मिलोमतोमा बलि चढाउने ठाउँसम्म पु¥याएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्