| आइतवार, कार्तिक २२, २०८३

लाइसेन्स

लाइसेन्सको अवैध बिक्रीः ट्राफिक र यातायात कर्मचारीले ४ दिनमा ८ करोड कमाए

बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बिना ट्रायल बेचबिखन गर्ने यातायात व्यवस्था कार्यालय बागमतीका इन्जिनियर श्याम केसी फरार भएका छन्।

ल्क्ष्ऋ ब्क्क्ष्ब्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखाका सई श्रीराम केसीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि इन्जिनियर केसी फरार भएका हुन्। आयोगले केसी भागेर भारत पुगेको निष्कर्षसहित उनलाई पक्राउ गर्न प्रक्रिया अघि बढाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात कार्यालय बागमतीका अधिकारीको मिलेमतोमा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म लिएर ट्रायल परीक्षामा अनुपस्थितलाई सवारी चालक अनुमतिपत्र वितरण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको हो।

आयोगको अनुसन्धानले लाइसेन्सको अवैध व्यापार मासिक कारोबार करोडौंमा हुने गरेको देखिएको छ। ट्राफिक महाशाखाका सई श्रीराम तिवारीसहित महाशाखाकै ट्राफिक जवान गणेश खड्का यसअघि नै पक्राउ परिसकेका छन्। तिवारीसहित यातायात कार्यालय बागमतीका खरिदार कमल स्याङ्तान र कार्यालय सहयोगीद्वय हरिबहादुर थापा र मिनबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यातायात व्यवस्था विभागले २०७५ बैशाख ३, १०, ११ र १९ गते चार दिनको नमुना परीक्षण गर्दा विचौलिया, ट्राफिक र यातायात कर्मचारीको यो समूहले ट्रायल परीक्षामा उपस्थित नभएका करिब ४ सय जनालाई सवारीचालक अनुमति पत्र दिएको खुलेको थियो। नमुना दिनको मात्र हिसाब गर्ने हो भने प्रतिलाइसेन्स २ लाख रुपैयाँका दरले ४ सय जनाबाट ८ करोड रुपैयाँ असुलेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्