
आज कोरोनाबाट ११६ जनाको मृत्यू
पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा सो संक्रमण पुष्टि भएको हो।
संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ। योसँगै मृत्कको संख्या ७ हजार १६३ पुगेको छ । यस्तै, ६ हजार ८० जना संक्रमणमुक्त भएका छन्।




