| बिहिबार, बैशाख ३०, २०८३

ओली

दुई चार डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् । उनले नेपालीले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको मात्र भएको बताएका हुन् ।

बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरमा बोल्दै प्रधानमन्त्री ओलीले अब देशमा रहेका क्षमताको सही पहिचान र सदुपयोग हुने बताएका हुन् । युवा क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले क्षमताको सही पहिचान भए नेपालीले विश्वमा नाम चम्काउन सक्ने बताए ।

उनले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो सन्दीप लामिछाने चम्कियो । सन्दीपले क्रिकेटमा चमत्कार गरेका छन्’, उनले थपे, ‘उनलाई गायन वा चित्रकलामा लगाएको भए हुँदैनथ्यो ।’ नेपालमा क्षमतावान युवाहरूको कमी नभएको दावी गर्दै उनले भने, ‘दुनियाँले हन्टिङ गरिरहोस् हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्