| आइतवार, कार्तिक २२, २०८३

jail

कुकुर कुट्ने नेपालीलाई नौ महिना जेल !

क्यानडाको पिटरवर्गमा एक नेपालीलाई घरमा पालेको कुकुरलाई पिटेको आरोपमा ९ महिनाको कैद सजायँ सुनाइएको छ ।  ग्लोबलन्यूजका अनुसार नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएका हुन् ।

यो सजायँ गत सोमबार पिटरवर्गको प्रान्तीय अदालतमा सुनाइएको थियो । त्यसअघिका अन्य तीन पटकको घटनामा भने प्रान्तीय अभियोजकको आग्रहमा उनको केस फिर्ता लिइएको थियो ।

बिष्टले कुकुरलाई लात्तिले हानेको र कुटेको दृश्यहरु उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेरामा कैद भएको थियो ।

अदालतमा उनीविरुद्ध सजायँ सुनाउने बेलामा उनी नेपालमा मुटुको उपचार गराइरहेकाले अदालतमा उपस्थित नभएको बिष्टका वकिलले बताएका थिए ।

जनवरीमा पिटरवर्ग छोड्नुअघि बेरोजगार रहेका बिष्ट ३०३ अलिमर स्ट्रिट स्थित एक अपार्टमेन्टको सातौं तल्लामा बस्थे । त्यहाँ उनले पालेको डिजे नामक तीन वर्षीय कुकुरलाई लात्तिले हाने, पन्च हान्ने र हावामा फालिदिने गरेको दृश्य देखिएको थियो ।

तीन फरक मितिमा लिइएका तस्वीरहरुमा उनले गत वर्षको सेप्टेम्बर र अगस्टमा कुकुरलाई दुर्व्यवहार गरेको दृश्य अदालतमा देखाइएको थियो । उक्त भवनकोे भर्‍याङको भित्तामा कसैले रगतको दाग देखेपछि मात्रै सेक्युरिटी क्यामेरा राखिएको थियो ।

न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् ।

यस्तै बिष्टकी वकिल एन्जेला म्याकग्राथले उक्त कार्य डरलाग्दो र भयानक रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्