| आइतवार, कार्तिक २२, २०८३

पेन्सनकै लोभमा पाँच महिनादेखि आमाको लास लुकाउँदै छोरा

पेन्सनकै लोभमा पाँच महिनादेखि आमाको लास लुकाउँदै छोरा

भारतको उत्तर प्रदेशस्थित बनारसमा एक महिलाको मृत्यु भएको पाँच महिनासम्म उनका छोराहरूले लाश छोपेर राखेको पत्ता लागेको छ ।

बनारसको कबीर नगर कोलोनीमा एक घरमा बस्ने महिलाको मृत्यु पाँच महिनाअघि भएको थियो । उनी सरकारी जागिरबाट रिटायर भएर पेन्सन लिइरहेकी थिइन् ।

आमाको मृत्युपछि छोराहरूले पैसा पाइरहने लोभमा पाँच महिनासम्म लाश लुकाएर राखेका थिए ।

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर लाश बरामद गरेर पोस्टमार्टमका लागि पठाएको छ । मृतक महिलाका छोराहरूलाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्