| सोमवार, कार्तिक २३, २०८३

युवा कामका लागि मुग्लान पसे, गाउँका खेतियोग्य जमिन सबै बाँझै

पछिल्लो समय ओखलढुङ्गाका ग्रामीण भेगमा खेतियोग्य जमिन बाँझो राख्ने क्रम बढ्दै गएको छ । खेतबारीमा काम गर्ने जनशक्तीको अभाव हुदाँ लाखौं मुल्य बराबरको खेतीयोग्य जमिन बाँझौ राख्न थालिएको हो ।

युवामा बैदेशिक मोह बढ्नु, खेतबारीमा काम गर्दा सबैको हेला हेपाइ हुने मानसिकताका काराण खेतबारी बाँझै बस्ने क्रम बढ्दै गएको छ ।
लामो समयदेखि खेतीयोग्य जमिन बाँझै राख्दा चिन्ताले सताउन थालेको ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ का ७२ वर्षीय गोपालचन्द्र श्रेष्ठले बताउनुभयो । खेतबारीमा काम गर्ने युवा जनशक्ति घरबाहिर रहदाँ ज्येष्ठ नागरिक खेतबारीको काम गर्न नसकेपछि जमिन बाँझोहुने क्रम बढेको उहाँको भनाई छ । गाउँमा भएका युवामा समेत जागिर मोहका कारण शहर पलायन भएपछि खेतबारी बाँझो बस्न थालेको उहाँले बताउनु भयो ।


सरकारले घरगाउँमा रहेका युवाशक्तिलाई कृषी पेशामा लगाउन बिभिन्न कृषी अनुदानका कार्यक्रम सार्वजनिक गरेको भए पनि त्यस्ता कार्यक्रमले तल्लो तहका कृषकलाई छुन सकेको छैन । युवा रोजगारका लागि शहर तथा विदेश पलायन भएका कारण गाउँघरका बुढापाका सहारा बिहीन बनेका छन् भने खेतबारी बाँझिने क्रम समेत बढ्दो छ । कृषिमा आधारीत कार्यक्रम तल्लो तहका किसान समक्ष नपुग्दाँ युवा जिबिको चलाउन रोजगारीको खोजीमा पलायन हुने क्रम बढेको विगुटारका लाक्पा शेर्पाले बताउनुभयो ।

स्थानीय सरकारले युवा लक्षित कार्यक्रम गर्ने भनिए पनि स्थानीय सतरमा कुनैै स्थानीय सरकारले युवा लक्षित कार्यक्रम गर्न नसकेका कारण पनि युवा रोजगारका लागि शहर विदेश पलायन हुन बाध्य रहेका छन् ।
कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको तथ्याङ्क अनुसार जिल्लाको कुल २३ हजार ८ सय ७० हेक्टर खेतियोग्य जमिनको १० प्रतिशत बढी खेतबारी बाँझै छाडिएको छ ।

यो कुल सिंचाईयुक्त क्षेत्रफलको अधारमा भएकाले यस बाहेकका पाखो खेत तथा सुख्खाग्रस्त क्षेत्रमा अझ बढी खेतबारी बाँझै राखिएको हुनसक्ने केन्द्रको अनुमान छ ।
फोटो क्याप्सनः ओखलढुंगाको लिख गाउँपालिका–६ मा बाँझो रहेको जमिन । तस्विरः मनोज भटेटराई, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्