
पेट्रोल प्रतिलिटर ११८,डिजेल, मट्टीतेल १०१ पुग्यो
नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य वृद्धि गरेको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ रूपैयाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ रूपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रूपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७४ रूपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।




