
आँबुखैरेनी २ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यू एक घाईते
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
बिहिवार अदुवाखर्कबाट आँबुखैरेनी बजार आउँदै गरेको ग १ प ३७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३६ वर्षिय केशब दर्लामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका ३ का लिलबहादुर यादी घाईते भएका छन् ।
गम्भिर घाईते उनको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।




