
तनहुँका कोरोना संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु
तनहुँका कोरोना भाइरस संक्रमित पुरुषको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत् तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
आइसीयूमा उपचार भइरहेको उनको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ।




