| आइतवार, कार्तिक २२, २०८३

अस्पताल डुलाउँदा-डुलाउँदै कोरोना संक्रमितको ज्यान गयो

 अस्पताल डुलाउँदा-डुलाउँदै पाल्पामा एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । तानसेन नगरपालिका ७ का ५२ वर्षीय एक पुरुषको युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । 

५२ वर्षीय पुरुष भदौ २२ गते अस्पताल भर्ना भएका थिए। उच्च रक्तचापको साथै कलेजोको रोगी समेत रहेका ती बिरामीको स्वास्थ्यमा सुधार भइ नर्मल वेडमा स्थानान्तर गरिएको थियो ।

उपचारकै कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । मिसन अस्पतालमा आइसीयू र भेन्टिलेटर नभएकाले बिरामीलाई कोरोना विशेष अस्पतालमा समन्वय गरी पठाए पनि कोराना अस्पतालले बिरामीलाई भर्ना नलिएको युनाइृटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए । 

बिरामीका आफन्तले कोरोना अस्पताल बुटवलले भर्ना नलिएपछि रुपन्देहीका अन्य सुविधा सम्पन्न अस्पतालले भर्ना नलिएपछि पुन: पाल्पा फर्काएका थिए । रुपन्देहीका अन्य अस्पतालमा समेत बिरामीको उपचार नभएपछि पुन: कोमाहाको स्थितिमा मिसन अस्पतालमा भदौ ३० गते ल्याइएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

गम्भीर अवस्थामा मिसन आएका संक्रमित बिरामीलाई अक्सिजन दिएर उपचार गरिको भएपनि उनको बिहीबार बिहान मृत्यु भएको मिसन अस्पतालले जनाएको छ । कोरोना संक्रमितका आफन्तले बिरामीलाई एम्बुलेन्समा डुलाउँदा डुलाउँदै अवस्था गम्भीर भएको बताए । 

प्रतिक्रिया दिनुहोस्