
गण्डकी प्रदेशका ४ जिल्लामा १७ कोरोना संक्रमित थपिए
आज गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना कोराना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्याक्रमका प्रवत्ता डाक्टर बिनोदबिन्दु शर्माले पोखरा महानगर पालिकामा २ जना, तनहुँ शुल्कलागण्डकी गाउँपालिकामा एक जना, स्याङ्जा पुतली बजार नगरपालिकामा दुई जना थपिएका हुन् ।
आज सबैभन्दा धेरै नवलपरासीको कावासोती र गैँडाकोटमा गरी १२ जना थपिएका छन् । थपिएका मध्ये १३ जना पुरुष र ४ जना महिला छन् ।




