
गोरखाको बुंकोटका अनैतिक काम गरेको आशंकामा एक महिला र पुरुष पक्राऊ
दरौंदी ः समाजमा बिकृति फैलाउने काम गरेको हुनसक्ने आशंकामा बुंकोटका एक महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहिद लखन गाउँपालिका ८ का उनीहरुलाई आइतबार राती १२ बजे घरभित्रबाट नियन्त्रणमा लिएको हो । रातको समयमा साथमा श्रीमान नभएकी महिलाको घरभित्र एक पुरुष प्रवेश गरेपछि महिलाकी छोरीले ढोकामा चुकुल लगाएर गाउँलेलाई बोलाएकी स्थानीयले बताएका छन् । त्यसपछि भेला भएका गाउँलेले ती दुईजनालाई प्रहरीको जिम्मा लगाएका थिए । उनीहरु प्रहरीको नियन्त्रणमा रहेको डिएसपी मित्रवन्धु शर्माले जानकारी दिए । उनीहरुका बिषयमा के गर्ने भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




