
६३ वर्षिया पुरुषको शव भेटियो
गोरखाको शहिद लखन गाउँपालिका ५ मास्किछाप भैँसेपोल बस्ने ६३ वर्षिय शेरबहादुर रानाको मृत्यू भएको छ ।
छोरीको घरबाट आफ्नो घर फर्कने क्रममा शुक्रवार राती डाँडा गाउँबाट मनकामना जाने कच्ची सडकमा घोप्टो अवस्था उनी भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यू भएको र शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।’




