| आइतवार, कार्तिक २२, २०८३

प्रहरी

गोरखामा बिप्लव कार्यकर्ता पक्राउ

गोरखा ः नेत्रविक्रम चन्द(बिप्लव) समुहका स्याङ्जा जिल्ला सदस्य सागर अर्याल गोरखामा पक्राउ परेका छन् । स्याङ्जाको भीरकोट नगरपालिका १ का अर्याललाई प्रहरीले गोरखा नगरपालिका १३ मझुवा देउरालीबाट पक्राउ गरेको डिएसपी मित्रबन्धु शर्माले बताए । सोमवार राती पक्राउ परेका उनलाई मंगलबार सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको डिएसपी शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्