| आइतवार, कार्तिक २२, २०८३

ट्याक्टर दुर्घटनामा चालकको मृत्यू

दरौँदी ः बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ गैरीछापमा बुधवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ ।
ग १ त ४०३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नवलपरासी रामग्राम नगरपालिका ११ का ३० वर्षिय जगदीशप्रसाद चौधरीको ज्यान गएको हो ।
रड र सिमेन्ट लिएर गैरीछापबाट धारापानी तर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको टूाफिक प्रहरी टिका शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्