
अबैध हतियार सहित एक पक्राउ
दरौंदी ःशहिद लखन गाउँपालिका वडा नं ३ ग्याजाबाट अवैध हतियारसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनकामनाले भरुवा बन्दुक सहित ग्याजाका ६७ वर्षीय कमानसिंह गुरुङलाई पक्राउ गरेको हो । गुरुङले घरमा अवैधरुपमा भरुवा बन्दुक राखेका पाईएको जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिईन् ।




