| आइतवार, कार्तिक २२, २०८३

सालको काठ अबैध ओसारपसार गर्ने पक्राउ

सालको काठ अवैध ढंगले ओसारपसार गर्दै गर्दा चार जना पक्राउ परेका छन् ।
बिना कागजपत्र ४८.४९ क्युविकफिट काठ ओसारिरहेको अबस्थामा प्रहरी चौकी हर्मीबाट खटिएका प्रहरीको टोलीले शुक्रबार राती पक्राउ गरेको जिल्ला वन अधिकृत तोयानाथ पौडेलले जानकारी दिए ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा १० का अमित लामा रहेका छन् । उनीहरुलाई आइतबार वन ऐन २०४९ तथा नियमावली २०५१ अन्तर्गत मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्