
रेडक्रसको राहत सामग्री चोर्नेहरु पक्राऊ
नेपाल रेडक्रस सोसाइटी गोरखाबाट राहत सामग्री चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ ।
रेडक्रसको कार्यालयमा वितरणका लागि राखिएको सामाग्री चोरी गर्नेलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका(९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी छन् ।
उनीहरुको कोठाबाट चोरी गरिएको सामग्री पनि बरामद गरिएको उनले बताए ।
गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्याग लगायतका करीब दुई लाख ५० हजार रुपैयाँ बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो ।
पक्राउ परेकाहरु चार जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




