| आइतवार, कार्तिक २२, २०८३

बालुवाटारको सुबिसु कार्यालयमा भीषण आगलागी

बुधबार मध्यान्ह पेट्रोल जम्मा गरेर राखिएको एउटा घरमा आगलागी भएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । डिएसपी होबिन्द्र बोगटीले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताए ।

प्रहरी पुगेपछि मात्रै थप विवरण आउने बोगटीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ । बोगटीले आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको बताए ।

दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्