| आइतवार, कार्तिक २२, २०८३

सिर्दीबासको पाङसीङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दीबासको पाङसीङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

गाई चराउने क्रममा गम्बुपाखा भिरबाट लडेर मंगलबार दिउसो १ बजे पाङसीङका ६१ बर्षिय नाक्पो गुरुङको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले बताईन् ।

मृतक गुरुङ साविकको सिर्दीबास गाउँ विकास समितिको उपाध्यक्ष हुन् । उनि २०५४ सालको स्थानिय निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्