
गोरखाले वाकओभार पायो, भानुद्धारा बारपाक ५–२ ले पराजित
गोरखा नगरपालिका पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा स्वतः अघिल्लो चरण प्रबेश गरेको छ । बुधबार हुने भनिएको खेलमा प्रतिस्पर्धी कुस्मा नगरपालिका पर्वत उपस्थित नभएपछि गोरखाले वाकओभर पाएको होे । बुधबार नै भएको खेलमा बारपाक सुलिकोट गाउँपालिका गोरखालाई ५ –२ गोल अन्तरले पराजित गर्दै भानु नगरपालिका तनहुँले क्वाटर फाईनलको यात्रा तय गरेको छ । सो खेलमा भानु नगरपालिकाका जर्सी नं १० का देव गुरुङ म्यान अफ द म्याच भएका प्रतियोगिताका सदस्य सचिव किरण गिरीले जानकारी दिए । पालुङटार नगरपालिका ५ हवाईग्राउण्डमा जारी प्रतियोगितामा भोली एउटा मात्रै खेल हुने भएको छ । दिउसो २ बजे ब्यास नगरपालिका तनहु र गैडाकोट नगरपालिका नवलपरासीबिच प्रतिस्पर्धा हुने सदस्य सचिव गिरीले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र द्धितिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र छ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी छन् । प्रतियोगिता चैत ६ गतेसम्म चल्नेछ ।




