| आइतवार, कार्तिक २२, २०८३

प्रथम गोरखा मेयर कप २०७५ अन्तरगत बुधबार पाचँ खेल सम्पन्न

प्रथम गोरखा मेयर कप २०७५ अन्तरगत बुधबार पाचँ खेल भएका छन् । बुधबारको खेलबाट वडा नं १३, ४, १४ , ९ र ६ अघिल्लो चरणमा प्रबेश गरेका छन् ।

पहिलो खेलमा वडा नं १३ ले वडा नं ३ लाई ३ – १ गोल अन्तरले हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो । दोस्रो खेलमा वडा नं ४ ले ३ गोल गर्दा वडा नं १२ ले एक गोल पनि फर्काउन सकेन ।

तेस्रो खेलमा वडा नं १४ ले वडा नं २ लाई ३–० ले पराजित गरेको थियो । चौथो खेलमा वडा नं ९ ले वडा नं १ लाई ३ –१ ले पराजित गरेको हो । अन्तिम खेलमा वडा नं ६ ले वडा नं १० लाई ५–४ गोल अन्तरले हराएको गोरखा नगरपालिकाका वातावरण अधिकृत धुब्र घिमिरेले जानकारी दिए ।
गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा मंगलबारबाट प्रतियोगिता शुरु भएको हो । पानीले खेल मैदानमा हिलो जमेपछि बुधबारको खेल मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको चौरमा गरिएको घिमिरेले बताए ।

बिहिबार हुने चारवटा खेल छेपेटारको खेल मैदानमा नै हुने उनको भनाई छ । प्रतियोगितामा पहिलो हुनेले नगद ५५ हजार पाचँ सय ५५ र दोस्रो हुनेले नगद ३३ हजार तिनसय ३३ सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यस्तै, सेमिफाईनल पुग्ने दुई समुहले नगद १२ हजार तिन सय ४५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नाराका साथ भएको प्रतियोगिताको ब्यबस्थापन एन्फा र सुर्योदय युवा क्लब छेबेटारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्