
दलभन्ज्याङमा दोस्रो फुटवल तथा सांस्कृतिक मेला शुरु
गोरखा नगरपालिका ९ दलभन्ज्याङमा दोस्रो फुटवल तथा सांस्कृतिक मेला शुरु भएको छ । ‘ऐतिहासीक गोरखा गोर्खालीको पहिचान, फुटवल विकास गराउने हाम्रो अभियान’ भन्ने नाराका साथ भएको मेलाको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरे ।
उद्घाटनकै अबसरमा आयोजक द ओसन क्लबका खेलाडीहरुबिच मैत्रीपुर्ण फुटवल खेल भएको छ । २० गतेसम्म चल्ने मेलामा ३५ बर्ष माथिका गैह्रब्यवसायिक खेलाडी बिच चौथो भेट्रान्स कप र १३ बर्ष मुनिका खेलाडीबिच पाचौं ओसन कप फुटवल प्रतियोगिता हुनेछ ।
दुबै प्रतियोगितामा १२ ÷१२ टीम सहभागी छन् ।
भेट्रान्स र १३ बर्ष मुनिका खेलाडीको जमघट तथा युवा फुटवल प्रशिक्षण केन्द्र निर्माणका लागि रकम जुटाउने उदेश्यले कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष अमीत खत्रीले जानकारी दिए ।
भेट्रान्समा पहिलो र दोस्रो हुने टिमलाई खसी पुरस्कार दिईनेछ । १३ बर्ष मुनिका खेलाडीबिच हुने प्रतियोगिताका विजेतालाई नगद ११ हजार एक सय ११ र उप विजेतालाई पाचँ हजार पाचँ सय ५५ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिईनेछ ।
मेलाकै अबसरमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, फोटो प्रदर्शनी, नगरस्तरीय अन्तरमावि लोकदोहोरी प्रतियोगिता हुने भएको छ । यस्तै, खेलकुद सामाग्री, खाना तथा कृषि सामाग्रीका स्टल राखिएको छ ।
मेला समापनका अबसरमा राष्ट्रिय खेलाडी विकास मल्ललाई सम्मान गर्ने आयोजक क्लबका अध्यक्ष खत्रीले जानकारी दिए । यस्तै, ओसन क्लबबाट उत्कृष्ट फुटवल खेल्ने एकजनालाई ओसन बर्ष खेलाडी पुरस्कार, जिल्लाको फुटवल विकासमा योगदान पु¥याउने एक जनालाई लाइफ टाईम अचिभमेन्ट अर्वाड, १३ बर्ष मुनिको प्रतियोगितामा उत्कृष्ट खेल्नेलाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
क्लबका सह सचिव गोकर्ण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पन्त, वडाअध्यक्ष कुलबहादुर कुँवर, गोरखा जिल्ला विद्यालय फुटवल संघ अध्यक्ष लालप्रसाद श्रेष्ठ, लक्ष्मी सामुदायिक विद्यालयका प्रधानाध्यापक कमल थापा, क्लबका सल्लाहकार शिव केसी, काजिराम खत्री, सचिव सविन केसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । द ओसन क्लबको आयोजना तथा सिर्दी दलभन्ज्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति र सिर्जनशिल दलितगुठीको सह आयोजनामा मेला गरिएको हो ।




