
‘आइस ड्रग’ कारोबारी प्रहरी फन्दामा
नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले आइस ड्रग्स भनिने एम्फेटाइमिन कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङको मर्स्याङ्दी–४ का ४८ वर्षीय टेकबहादुर तामाङ छन् ।
महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उलनाई काठमाडौं–२६, खुशीबु क्षेत्रमा फेला पारेको थियो ।त्यसक्रममा उनको शरीर खनतलासी गर्दा ५१ ग्राम लागूऔषध भेटिएको राठौरको भनाइ छ । उनीलाई पक्राउ गरेर थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु बुझाइएको छ ।




