| आइतवार, कार्तिक २२, २०८३

अजिरकोट रनिङ कपको सेमिफाइनलमा आठ टिम

गोरखाको बालुवा बजारमा जारी प्रथम अजिरकोट रनिङ कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा आठ टिम पुगेको छ । अजिरकोट गाउँपालिका ४ बालुवा बजारको खेल मैदानमा भएको हिलो चरणको खेलबाट आठ टिम सेमिफाईनलमा पुगेका हुन् । मंगलबार हुने सेमिफाईनलमा खरिबोट क्लब र तनहुँ क्लब तथा नमोबुद्ध युवा क्लब र बारपाक युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ । यस्तै, कुसुण्डे युवा क्लब र बालुवा युवा क्लब ए तथा थानिथानी युवा क्लब र बुलेट युवा क्लबबिच सेमिफाईनलमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक प्रदिप घलेले जानकारी दिए । अजिरकोट स्पोर्टस डेभपलपमेन्ट फाउण्डेसनको आयोजना तथा बालुवा युवा क्लब र मनास्लु महिला समुहको सह आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई नगद ६० हजार र ४० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, सान्त्वना दुई टिमलाई १०÷१० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्