
नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै
यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ ।
आज दिउँसो नेपाली क्रिकेट टिम ३ बजेर २० मिनेटमा यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्किन लागेको हो । तर नेपाली क्रिकेट टिमका सन्दीप लामिछाने भने आउने छैनन् । उनी यूएईबाट सीधै बिग ब्यास लिग खेल्न अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।तीन खेलको टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको थियो ।
पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।
यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले नै पराजित गरेको थियो ।




