
सांघातिक आक्रमणबाट मान्बुका एक घाइते
गोरखाको मान्वुमा स्थानिय युवाको कुटपिटबाट एक युवा घाइते भएका छन् । आरुघाट गाउँपालिका १ मान्वुका गोपीलाल घले घाईते भएका हुन् ।
उनको काठमाण्डौको ग्रान्ड सीटी अस्पतालमा उपचार भैरहेको उनका दाजु तुलबहादुर घलेले बताए । घाइतेको अनुहार, टाउको र छातीमा चोट लागेका उनको स्थानिय स्वास्थ्य सस्थांमा उपचार सम्भव नभएपछि काठमाण्डौ लगिएको घाईतेका दाई तुलबहादुर घलेले बताए । माघेसंक्रान्तीको दिन सप्चेतमा भएको मेला हेरेर घर फर्कने क्रममा रातको ११ बजेतिर मान्वुकै युवाहरुले घलेलाई कुटपिट गरेका हुन् । अबेरसम्म घर नआएपछि खोजि गर्दा उनलाई अचेत अबस्थामा छोटेखोला नजिकै बाँसको झ्याङमा फेला पारिएको घलेले बताए । मेलामा भएको भलिवल प्रतियोगितामा अर्को समुहको समर्थन गरेको आक्रोशमा युवाहरुले गोपिलाल माथि आक्रमण गरेका स्थानियले बताएका छन् । मान्वुका सुर्यबहादुर घले, तोलबहादुर घले , गोपाल घले लगायतले उनलाई आक्रमण गरेकाले दोषिलाई कारबाहीको माग गर्दै पिडीत पक्षले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएको छ । कार्यालयमा दर्ता भएको मुद्धाका आधारमा कुटपिट गर्नेको खोजि भैरहेको बताउदै एस पि भोला रावलले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।




