
गोरखा जिल्लामा गुरुकुल विद्यालयको स्थापना र वर्तमान अवस्था
भरतबाबु श्रेष्ठ
नेपाली भाषा संस्कृत भाषाको जननी हो । संस्कृत भाषालाई दृष्टिगत गर्ने हो भने यस भाषाले नेपाली, मैथिली, नेवारी, गुरुङ्, मगर, शेर्पा भोजपुरी, मारवाडी, राजवंशी, धिमाल आदि जस्ता विभिन्न भाषालाई जिवन्तता प्रदान गरेको छ । संस्कृत भाषा विश्वमा सबैभन्दा सम्वृद्ध र वितृष्ण आर्य भाषा हो ।
नेपालको जनगणना अनुसार हालसम्म यस भाषालाई राष्टिूय भाषा तथा राष्टूभाषाको रुपमा अधिगत गरिराखेको छ । संस्कृत भाषाको सम्वद्र्धन र संरक्षणको लागि संस्कृत विश्व विद्यालयको स्थापनाका साथै विभिन्न जिल्लाहरुमा वैदिक गुरुकुल विद्यालयहरुको स्थापना गरी सञ्चालनमा ल्याईएको छ । मानिसको जन्म देखि मृत्युसम्मको अवस्थामा गरिने विभिन्न कर्मकाण्ड विशेष गरेर हिन्दुहरुको चाडपर्व रितिरिवाज, चालचलन, रहनसहनको अवस्थालाई पूर्णता एवं निरन्तरता दिनको लागि संस्कृत भाषाको ज्यादै नै महत्व रहेकोले यसलाई जिवन्तता दिनुपर्ने आवश्यकता महशुस भएकाले मैले ३०÷३५ बर्ष अघि नै ब्राह्मण समुदायलाई “अब गोरखामा संस्कृत पढ्ने ब्यक्तिहरु लोप हुँदै गएकाले यसमा तँपाईहरुको बच्चाहरुलाई संस्कृत पढाउनको लागि दृष्टि दिनुहोस् ।
अहिले संस्कृत पढ्ने विद्यालय गोरखामा छैन, नेपाल बाहेक भारतको बृन्दावन, वनारस, गोरखपुर अध्ययनको लागि पठाउन बटुकहरुलाई आर्थिक सहयोग गर्नु परेमा म पनि सहयोग गर्न तयार छु” भनी आग्रह गरेको थिए । तर बटुकहरु उपलब्ध हुन सकेनन् । परापूर्वककाल देखि चलिआएको वैदिक सनातन हिन्दु धर्म संस्कृतिलाई वचाइराख्न र यसको संरक्षण र सम्वद्र्धन गर्नको निमित्त गोरखामा वैदिक गुरुकुल विद्यालय खोल्न आवश्यक देखिएकोले मैले पूर्वराजा स्व. श्री ५ वीरेन्द्रकोमा विन्तीपत्र चढाएको थिएँ ।
श्री ५ वीरेन्द्रको वंश नाश भएपछि पूर्व राजा श्री ५ ज्ञानेन्द्र गोरखा सवारी हुँदा मिति २०६० चैत्र २६ गते पुनः संस्कृत विद्यालयको लागि विन्तिपत्र चढाएको थिएँ । सरकार ? अब हाम्रो सनातन धर्म क्रमश लोप हुँदैछ संस्कृत विद्यालय हाल गोरखामा सञ्चालन गर्नको लागि गोरखा दरबारकै आन्तरिक स्रोतबाट सञ्चालन गर्न सकिन्छ भन्ने ब्यहोरा उक्त विन्तीपत्रमा उल्लेख गरेको थिएँ । उनको पनि २०६२÷०६३ को जनआन्दोलन पश्चात सत्ताच्युत भएपछि उक्त विन्तीपत्रको सुनुवाइ हुनै पाएन । म यस संस्कृत विद्यालय गोरखामा स्थापना गर्नको लागि धेरै पहिले देखि नै प्रयासरत थिएँ । चौविस कोठी परिवार धेरै परिवारहरु भएको मूल परिवार हो, जसमध्ये हाम्रो सन्तानपट्टीको पिता प्रेमनारायण र माता देवकुमारी धार्मिक स्वभावको हुनुहुन्थ्यो । उहाँहरुको स्मृतिमा सामाजिक सेवा गर्ने उद्देश्यले हामी छोराछोरीले गोरखा जिल्ला प्रशासन कार्यालयमा प्रेमनारायण देवकुमारी साँस्कृतिक प्रतिष्ठान ०५२÷०५३ मा विधिवत दर्ता गरी आफ्नो क्षमताले भ्याएसम्म शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न धार्मिक, साँस्कृतिक, सामाजिक एवं लोक कल्याणकारी कार्यहरु गर्दै आएका थियौं । सोही संस्थाको वि.सं २०७१ पौष ११ गते प्रेमनारायण देव कुमारी साँस्कृतिक प्रतिष्ठानको बैठक बस्दै गर्दाकोे अवस्थामा अचानक एउटा प्रसंगवस गुरुकुल विद्यालयको बारेमा छलफल भयो । यहाँ क्रिश्चियन र ईसाइ धर्मको दर्जनौ चर्च र मदरसाहरु ब्यापक रुपमा फैलिंदै गएको र हाम्रो हिन्दु धर्म संकटमा पर्ने क्रम बढ्दै गएको अवस्थामा यस संस्थाले गुरुकुल विद्यालय खोल्नै पर्छ भन्ने कुरामा संकल्प व्यक्त गर्यो ।
गुरुकुल विद्यालय स्थापनाको लागि अरुको मुख ताक्नुभन्दा पनि प्रेमनारायण देवकुमारी साँस्कृतिक प्रतिष्ठानले नै पहल गर्नुपर्छ, किनभने यस संस्थाले अरु थुप्रै सामाजिक काम गरेको र नाफारहित संस्था भएकोले मैले बैठकमा गुरुकुल विद्यालय स्थापनाको लागि कति रकम आवश्यक पर्ला भनेर प्रस्ताव राख्दा सुरुमा रु दश लाख अक्षयकोष राख्ने र विद्यालयको नाम पनि प्रेमनारायण देवकुमारी संस्कृत गुरुकुल विद्यालय राख्ने भनी निर्णय गरी तत्कालीन प्रतिष्ठानका अध्यक्ष स्वर्गिय दाजु चुडानारायण किसन वावु श्रेष्ठ उपचारको क्रममा काठमाण्डौ हुनुहुन्थ्यो उहाँलाई जानकारी गराई विद्यालय खोल्न अनुमति लिएका थियौं ।
यसरी म दिन प्रतिदिन गुरुकुल विद्यालय खोल्ने काममा लागि पर्दै गएँ । म र मेरा सहकर्मी मित्रहरु सहित विद्यालय खोल्ने कुरामा छलफल गर्न भोलिपल्टै तत्कालीन जिल्ला शिक्षा अधिकारीलाई भेट्न गयौं । भेटको क्रममा हामीले जिल्लामा दर्जनौ चर्च र मदरसाको बिगबिगी बढ्दो छ हिन्दु संस्कृतिको दिनदिनै लोप हुने खतरा भइरहेको छ हाम्रो सामाजिक संस्था प्रेमनारायण देवकुमारी प्रतिष्ठानको अगुवाइमा विद्यालयको नाम प्रेमनारायण देवकुमारी संस्कृत गुरुकुल विद्यालय राख्ने र संस्थाको तर्फबाट रु १० लाख अक्षयकोष राख्ने कुरा अवगत गरायौं ।
उहाँले नाममा कुनै आपत्ति छैन र विद्यालयलाई बार्षिक रुपमा रु १ लाख ६८ हजार शिक्षा कार्यालयले बार्षिक अनुदान दिने आश्वासन दिनुभयो । गुरुकुल संचालनको लागि अन्य आर्थिक रकम संकलनको लागि २०७१ पौष १५ गते मोहनलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरी सर्वसम्मत निर्णय भई उक्त कार्य समितिले ब्यापक रुपले कामलाई अघि बढायो । यसरी ३०० जना चन्दादाताबाट ६÷७ लाख रुपैयाँ उठाई सकेका थियौं ।
त्यसपछि कुनै कुनै गुरुकुल नरुचाउने ब्यक्तिहरुले ब्यक्तिको नाममा भन्दा भगवानको नाममा नामकरण गर्दा ठूलो(ठूलो रकम चन्दा उठाउन सकिन्छ भनी चर्चामा ल्याउँदा गुरुकुल नै धरापमा पर्ने बुिझएकोले नाम भन्दा पनि गुरुकुलको आवश्यकता महशुस गरी उक्त विद्यालयको नाम प्रेमनारायण देवकुमारी संस्कृत विद्यालयलाई परिवर्तन गरी श्री गोरक्षनाथ वैदिक गुरुकुल विद्यालय राख्न २८ चैत्र २०७१ को बैठकमा निर्णय गरियो । नाम परिवर्तन गरेपछि वर्षाैंसम्म एक रुपियाँसम्म पनि चन्दा थप्न नसकेपछि उनीहरु नै गुरुकुलबाट बाहिरिए ।
संघीयता लागु हुनुपूर्व गोरक्षनाथ बैदिक गुरुकुल विद्यालयको सञ्चालक समितिमा स्थानीय समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिबी हरु थिए ।
बर्तमान अबस्थामा संघीयता प्रणाली लागु भए पश्चात हाल नगरकार्यपालिकाको कार्यालय शिक्षा शाखाको नियमानुसार सञ्चालन भइरहेको छ । यस विद्यालयलाई नेपाल महर्षि वैदिक फाउण्डेशन काठमाण्डौंबाट २०७४÷०३÷२६ गतेबाट दैनिक रुद्राभिषेक गर्नको लागि मासिक शिक्षकलाई रु.१९ हजार ८ सय र गुरुकुललाई सहयोग दक्षिणा बापत रु ५५ हजार गरी जम्मा रु ७४ हजार ८ सय प्रदान गरिदै आएको छ । जसको प्रत्यक्ष प्रसारण नेपाल र विदेशमा बिहानको ६.३० बजे देखि ९ बजे सम्म भईरहेको छ । जिल्ला शिक्षा शाखाबाट बार्षिक रुपमा रु १ लाख ८८ हजार अनुदान प्राप्त भइरहेको छ । हालसालै गोरखा नगरपालिका वडा नं. ६ स्थित पैरेनिमा गुरुकुल विद्यालयको लागि आवश्यक जमिन भवन निर्माणको लागि उपलब्ध गराएको छ ।
सो जमिनमा चारकोठे भवन निर्माणको लागि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट रु.७० लाख स्वीकृत भई भवन निर्माण सुरु भएको छ । जिल्ला शिक्षा समन्वयबाट रु.६ लाखको शौचालय निर्माण भएको छ ।
यस विद्यालय गोरखा दरवारको परिसरमा सञ्चालन भएको थियो । २०७२ को बिनासकारी भूकम्पको क्षतिले हाल गोरखा नगरपालिका ( ६ स्थितगोरखा सेवा आश्रम छहरेमा सञ्चालन भइरहेको छ ।
यस विद्यालयमा हाल गोरखा, मुगु, कालिकोट, बाजुरा, दैलेख गरी ५ वटा जिल्लाका जम्मा २० जना बिद्यार्थीहरु अध्यनरत छन् । उनीहरुलाई निशुल्क रुपमा आवास र भोजनको ब्यवस्था गरिएको छ । गुरुकुलप्रति स्थानीय शिक्षा प्रेमीहरुले अति नै माया र सद्भाव देखाउनु भएको छ ।
रानीपोखरी परिसरको राजा रामशाहले ४०० वर्षभन्दा पहिले निर्माण गरेको ऐतिहासिक प्राङ्गणमा घण्टाविहीन भव्य विष्णु मन्दिर र मस्जिद जस्तो झल्कने महादेव मन्दिर जुन मन्दिरलाई बाहिरी पर्यटकहरुले देख्दा यहाँ पनि मस्जिद रहेछ भन्ने गर्दथे । उक्त मन्दिरमा हाल यस प्रतिष्ठानले ११० किलो ढलोटको घण्टा र महादेव मन्दिरमा १३ फुट अग्लो डमरु बञ्चरो जडित त्रिशुल स्थापना गरेको छ ।
उक्त मन्दिरहरुको पूजा धरापमा पर्न आँटेको थियो । सो पूजा पनि गुरुकुलको बटुकहरुबाट नित्य भईरहेको छ । मुठीदान चन्दा अक्षयकोष उल्ेखनीय वृद्धि भईरहेको छ । आगामी दिनमा यो विद्यालयलाई जिवन्तता प्रदान गर्न र उच्च शिक्षासम्म अभिबृद्धि गर्न सबैको प्रेरणा र साथ मिल्ने छ भन्ने आशा लिएको छु ।
लेखकः(गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयको संस्थापक तथ प्रेम नारायण (देबकुमारी साँस्कृतिक प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।




