
सुशिला ढकाल (अधिकारी) को मन छुने मुक्तक
सर्वशाैन्दर्यकाे जादुले नै हाे विश्व अढेकाे छ
माया माेहकाे चाला अचेल धेरै नै बढेकाे छ
अर्काकाे देखासिकी नगरी रहन नसक्ने काेही
पश्चिमी भेषभूषामा मानिस अचेल सडेकाे छ।
———————————-
रोको बेला न्याउली चरी मेरो प्यारो साथी हुने
वियोगमा छटपटिदा दिन पनि राती हुने
सुन्दर भई फूले पनि फूलवारीको
फूलहरू सधैं मन्दिरमा चढाउने,उही फूलपाती हुने




