
आजको गाँउको राजनीति एउटा प्रचुर पैसा कमाउने पेशा बनेको छ

देशको वर्तमान राजनीतिक खिचातानीको अवस्था र कोरोना कहरले गर्दा भएको बन्दाबन्दीको समयमा यतिवेला सहर बसेर होस् या मुग्लान पसेर होस् सबै नेपालीहरूले नेपथ्यमा बसेर मनको आँखीझ्यालबाट आफ्नो गाउँघर चिहाई रहेका छन् l
आज मेराे स्मृतिले मलाई २०६१ सालतिर करीब १६ बर्ष पछाडी गाँउमा पुर्याएको छ l १६ बर्षको यो समय मेरो अहिले उमेरको झण्डै ५०%हिस्सा हो l यतिका लामो समयपछी गाउँ फर्केर हिजोको दिन स्मरण गर्न मलाई पक्कैपनी कठिन अबस्य छ l तर तत्कालीन विद्रोहीले देश, समाज रूपान्त्रणको नाममा गरेका नरसंहार ताण्डबहरू, ज्वारभाटा जसरी आजको युवापिढीको मानसपटलमा तरङ्गित ताजा भएका भएका छन् l
यस आर्टिकलमा(लेख) मैले कूनैपनी राजनीतिक इगो नराखी दोषारोपण नगरी यथार्थ कोट्याउने प्रयास स्वरुप गोरखा र सुलिकोट गाउँपालिका ताकु लाकुरीबोटको तत्कालीन १६ बर्ष पहिलेको समग्र राजनीतिक र बर्गिय संघर्षका क्रममा भएका उपलब्धि बारे चर्चा गर्दै, राजनीतिक मैदानमा ज्यानको आहुति दिनुएभका शहिद, योद्धाहरू र वहाँको सम्मानमा श्रद्धासुमन अर्पण गर्दै लेख्ने प्रयास हो/गर्दछू l
शहीद प्रति श्रद्धाभाव प्रकट गर्दा, समाजका लागी राजनीतिक मोर्चामा सिङ्गो जिवन व्यतित गर्नूभएका अग्रजहरूको सम्मान र आदर गरिएन भने वहाँहरू प्रति यो लेखले न्याय गर्दैन l तसर्थ ति समाजका मूर्धन्य अग्रजहरू प्रति अभिवादन! जय नेपाल! साधुवाद! आभार प्रकट गर्दछु l
गोरखा जिल्ला प्राचिनकाल देखिनै एक इतिहाँस बोकेको जिल्ला हो l गोरखाको फेहरिस्त बयान गरेर गरिसाध्य नै छैन l हजारौंँ हस्ताक्षर व्यक्तित्वहरू मेरो जिल्ला गोरखाले जन्माएको र गुमाएको पनी छ l
गोरखा र गोर्खालीको विरगाथा हिजो आज र भोली पनी रहिरने छ l तर गोरखा भित्रका गाँउका कथा व्यस्था र गाउँले परिवेश देखी राजनीति आरम्भ गर्दै जिल्ला र केन्द्रिय तहमा नाम चलेका व्यक्ति बाहेक अन्य व्यक्ति /व्यक्तित्वको पहिचान गाँउ आफैले लुकाएको छ l
गोरखा जिल्लाको तत्कालीन लाँकुरीबोट गा.वि.स यस्तो गाउँ हो, जून गाँउले उद्यमी श्री हरि प्रसाद भट्ट, स्व संसद दलसिङ कामी, निर्वाचन आयोगका आयुक्त श्री दोलख बा. गुरुङ,नेपाल आयल निगमका साहायक प्रबन्धक श्री बाबूराम भट्ट, शहिद क.भोजराज भट्ट,शहिद क. बिमला भट्ट, शहिद क. कमला भट्ट, राजनीतिकर्मी श्री गोविन्द प्रसाद भट्ट, श्री ठाकुर प्रसाद भट्ट लगाएत र जनसेवक आर्मी प्रहरीका दर्जनौँ अधिकृतको जन्म दीएको छ l
लाँकुरीबोटले हिजो पञ्चायतकाल देखीका जिम्मल मुखिया र राजनीतिकर्मीको मात्र जन्म दिएको छैन l आजको नेपालको लागी चाहीने युवा नेतृत्व र राजनीतिकर्मी पनी पाएको छ l सयौँको संख्यामा शिक्षित सचेत युवाहरू र गुरु शिक्षक पनी पाएको छ l तर विडम्बना गाँउले यौटै कुरा मात्र प्राप्त गर्यो,फगत राजनीतिक खिचडी र खिसिट्युरीको शिकार l
आजको समग्र गोरखा र लाँकुरीबोट गाँउको राजनीति एउटा प्रचुर पैसा कमाउने पेशा बनेको छ l गोरखाका सांसद गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई गाँउको विकासका मोडल र पूर्वाधार निर्माण कसरी गर्ने? भन्ने सम्म ज्ञान छैन l ढिकीजाँतो चलाए जसरी वडा र गाउँपालिका चल्छ? पञ्चायतमा मेरा हजूरबा’ले यहाँ धारो चाहिन्छ भनेकाले आजको वडाध्यक्षले त्यही धारो बनाउने की समय सापेक्ष्य अनुसार चल्ने?
गोरखाका विषेश गरी लाँकुरीबोटले गुमाएको शहीद के का लागी थियो? हाम्रा अग्रज बा’हरूले गरेको राजनीति के का लागी थियो? समाज परिवर्तनका लागी थियो भने आखिर किन समग्र गोरखाले मुहर फेर्ने सकेन? प्राचीन सभ्यता बोकेको गोरखा दरबार, पर्यटकिय स्थल बार्पाकको हिजोको चित्र आगामी पुस्ताले कहाँ हेर्ने? परिवर्तनको खोल ओढेर राजनीति गरेका अघिल्लो पुस्ताले हाम्रो युवापुस्तालाई के शिक्षा हस्तान्तरण गर्यो, गर्दैछ?
घरको आँगनमा रक्ताम्य भएर ढलेका गाँउका शहिद क. भोजराज भट्ट, शहिद क. बिमला भट्ट, शहिद क. कमला भट्ट, शहिद क. बिष्णु मरहठ्ठा, शहिद क. भिमसेन थापा र शहिद क. सुरेश वाग्ले लगाएत नाम छुटेका दर्जनौँ शहिदहरूले गरेका हिजो गरेका राजनीतिक संघर्षको उपलब्धि के थियो? वहाँहरूको राजनीतिक बलिदानीमा कूनै अमुक व्यक्तिको स्वार्थ हावी भएको छ l
लोकतान्त्रिक राजनीतिमा आदर्श, मुल्य-मान्यता, विचार, एजेन्डा जस्ता राजनीतिका सारभूत पक्षलाई गौण राखेर ‘पब्लिक-पर्सेप्सन’/पपुलिज्मको बाटो रोज्नु राजनीतिक बेइमानी हो। राजनीतिक अपराधिकरण हो l
गोरखाले अबको राजनीतिकर्मी बाट खोजेको के हो? पञ्चे बिकास? या डोजरे विकास? या कंक्रीटको घना जंगल? गोरखाबासीको सपना के हो? कस्तो सपनाहरू हिजो बाँडिएको थियो? हरेक नागरिकले घोषणापत्र (मेनोफेष्टो) खोज्न अनिवार्य छ l
गोरखाका वर्तमान राजनीतिकर्मीहरूले २०६१ देखी २०७७ सम्म यो १६ बर्षको यताको समयमा आर्थिक, भौतिक, सांस्कृतिक, सामाजिक पर्यावरणीय र मानसिक विकासमा कस्तो परिवर्तन गरे? गोरखाबासी यी उपलब्धि विनानै खुशी छन् त? छैनौँ हरेक युवााहरुल राजनीतिक अवचेतनालाई जगाउन आवास्यक छ l अचेत अवस्थामा गोरखा गाँ उलाई हेर्दै युवाहरू मुर्छित हुने छूट छैन l
#कस्तो विकास :
विकासका नाममा भएका व्यापार र विनाशले भक्ष्य हुने, कुवा, जरूवा र पानीको मूल सुक्ने गरेका छन् पर्यावरणको संरक्षण गर्नू पहिलो काम हो l हाम्रो पूरानो प्राचिन भौतिक सांस्कृतिक सम्पदाको रक्षा गर्दै जिल्लास्तरीय भौतिक पूर्वाधार निर्माण गर्नू हो l बार्पाकले अहिले जून कंक्रीटको बिकारलाई बिकास देखेको छ l कालान्तरमा पुरातन मौलिक अस्तित्व गुमाउने छ l यो विकास होईन l गाँउ गाउँ नरहेर स्वरुप मात्र परिवर्तन गरेर शहर हुदैन l गाउँलाई गाँउकै ट्रेडिशनल शैलीमा विकास गर्नू आजको आवास्यकता हो l
गोरखाका कतिपय स्थानहरू यस्तो छन् जाहाँ यातायात होईन, पैदलमार्गको महत्व हुन्छ l सजीलो र सुलभताले पैदलमार्गिको महत्व सिध्याउँछ l ति र त्यस्तो ठाऊँको पहिचान गरी शुन्दर (पानी, ट्वाइलेट, चौतारो र फूलहरू) सुविधा सम्पन्न पैदलमार्गको विकास आवस्यक छ l मोटरबाटो आवश्यक छ l तर बाटोकै लागी मोटरबाटो चाइ आवश्यक होईन l अर्थात पल्लो गाँउ ५०० /१००० मिटरको दूरीमा मोटरबाटो आवास्यक होईन l यो विलासिता र विकासको नाममा भएको राज्यकोषको दोहन हो l
#के हो त, अबको युवाको सपना !
सारमा भन्नू पर्दा, मुख्यतः गाउँघरमा युवा टुकी बालेर खोज्नुपर्ने अवस्था छ l सुनौलो भविस्यको सपना बोकि बिदेशिएका ५०/६० लाख नेपाली युवाको सपना कफनमा स्वदेश फर्किने सिस्टमको अन्त्य हो l युवाहरुलाई स्वदेशमा उद्यमी बनाउने, गरिखने बाटोको निर्माण गर्ने, आत्मनिर्भर बनाउने,पर्याप्त रोजगारीको सिर्जना गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने, स्वस्थ्य सुरक्षामा सुधार गर्ने हो l आमाबुवाको काँखमा रम्न पाउने वातावरण निर्माण गर्नू हो l तर यो यसै सम्भव छैन l
२००७ सालदेखि देशमा भएका परिवर्तनको अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान झनै निस्सासिँदो र भविष्य झनै कष्टकर देखिन्छ l
पुरानो सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना सम्भव छैन । चाहेर होस् या नचाहेरै, अब नेपाली युवाको काँधमा युगले सुम्पिएको जिम्मेवारी आउँदैछ र त्यसको नेतृत्व कुनै न कुनै युवाले लिनै पर्छ । त्यो सामर्थ्य हासिल गर्न समयसँगै युवा पनि बदलिनुपर्छ र आफूसँगै देशलाई पनि बदल्न संकल्प गर्नुपर्छ ।
अब मुलुकलाई आर्थिक क्रान्तिको दिशातिर क्रियाशील गराउन विवेकशील युवाहरुले सर्वत्र दवाव सिर्जना गर्न हातेमालो गर्नेैपर्छ ।
“युवा अघी सर्छ देश अघी बढ्छ!”
प्रवास नेता
विवेकशील नेपाली दल




