यसबर्ष ढुंगा, गिटी, बालुवा उत्खनन नगर्ने ?
गतबर्ष यो बेला नदी किनारका ढुंगा, गिटी, बालुवा चोरेर हैरान थियो । यतिबेलासम्म के पुल मुनिको, के मसानघाटको जहाँतहीँको नदी किनार दोहन भएको थियो ।
तर यसबर्ष तस्करी सुन्य छ । यसरी हेर्दा ज्यादै सुखद पक्ष छ तर निर्माणको काम चौपट भइरहेको छ ।
चैतको पहिलो साता बितिसक्दा पनि ठेक्का लागेका नदी किनार सुनसान छ । मेसिन प्रयोग गर्न नपाए उत्खनन नगर्ने अडान राख्दै ठेकेदारहरु बगरमा झरेका छैनन् । उनीहरुले काम नगर्दा सडक, भवन लगायतका निर्माणको काम चौपट भइरहेका छन् । यसबर्ष जिल्लामा दुईसय भन्दा धेरै विद्यालय बन्दैछन् । मध्यपहाडीको सडक वा इइएपी आयोजनाको सडक कालोपत्रे हुदैछन् । अहिलेसम्म त जेनतेन घिटिघिटी चलिरहेका छन्, तर अब बन्द हुने अबस्थामा पुगेका छन् । निर्माण सामग्री उत्खनन विवाद समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ मंगलबार मुख्यमन्त्री भेट्न पोखरा पुगेका थिए तर सो भेटले समाधानको बाटो पत्ता लगाउन सकेन । यथावत अबस्थालाई निरन्तरता दिने निश्कर्ष निकाल्दै गुरुङ फर्किए । एकातिर ठेकेदारहरु धरौटी बापत जम्मा गरेको रकम फिर्ता गर्दैछन्, अर्कातिर काम रोकिने अबस्थामा पुगेको छ । तर लामो समयदेखि विवाद समाधान नहुँदा निर्माण सामग्री उत्खनन हुन सकेको छैन । विवाद समाधानका लागि स्थानीय सरकारले प्रदेश सरकारसंग सिघ्रातिसिघ्र समाधानको बिकल्प खोज्नु पर्छ ।




