| आइतवार, अशोज १०, २०८३

पहिरोले मनास्लु पदमार्गको एक होटल भत्किँदा पर्यटकका सहयोगी घाइते

मध्यरातमा झरेको पहिरोले होटल भत्किएर मनास्लु पदमार्गमा पर्यटकका एकजना पर्यटकका सहयोगी घाइते भएका छन् ।

गएराती साढे १२ बजे झरेको पहिरोले चुमनुब्री गाउँपालिका ४ गपस्थित जंगल होटल भत्किँदा गोकर्णेश्वर २ नयाँपाटी निवासी रोशन तामाङ घाइते भएका होटल सञ्चालक सोनाम छिरिङ लामाले जानकारी दिए । उनी अल्टि–प्रो ट्रेकिङ कम्पनीबाट आएका पर्यटकका सहयोगी हुन् ।

सो होटलमा ६ जना पाहुनासहित नौजना सुतिरहेका थिए । ‘माथिबाट आएको पहिरो होटलको गारो भत्काएर घरभित्र पस्यो’, सोनाम छिरिङले भने, ‘भित्र नौ जना सुतिरहेका थियौँ । होटल भत्किएपछि झ्याल फुटाएर भाग्यौँ ।’ घर भत्किएर पर्यटकका सहयोगी तामाङ घाइते भएका उनले बताए ।

अहिले हुकुमस्थित वृद्धाश्रममा बस्न पुगेको उनले जानकारी दिए । पहिरोले हानेर होटल कामै नलाग्ने गरी भत्किएको उनले बताए ।

तस्वीर : सोनाम छिरिङ लामा ।

प्रतिक्रिया दिनुहोस्