| आइतवार, अशोज १०, २०८३

चार ठाउँमा पहिरो झरेर मनकामना सडक अवरुद्ध

अविरल बर्षापछि विभिन्न चार ठाउँमा पहिरो झरेर मनकामना सडक अवरुद्ध भएको छ ।

विगत चारदिनदेखि अविरल परेको बर्षाले आँबुखैरेनीदेखि मनकामना जाने सडकको चार ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सहिदलखन गाउँपालिकासंग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्