| आइतवार, अशोज १०, २०८३

कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनबाट केही पद टुंगियो, केही अझै बाँकी

काङ्ग्रेस गोरखाको क्षेत्रीय अधिवेशनले क्षेत्र नं १ तथा दुवै प्रदेश क्षेत्रीय समितिको टुङ्गो लगाएको छ त्यस्तै महाधिवेशन प्रतिनिधिहरुको पनि टुंगो लगाइसकेको छ । क्षेत्र नं. २ को भने क्षेत्रीय सभापति तथा कार्य समिति र क्लस्टरहरुबाट महाधिवेशन प्रतिनिधि टुङ्गो लाग्न बाँकी छ ।

काङ्ग्रेसको गोरखा क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा नारायण लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् । क्षेत्र नं १ अन्तरगत प्रदेश ‘क’ को सभापतिमा कृष्ण पन्त र प्रदेश ‘ख’को सभापतिमा कपिल पाण्डे (सुवास) चयन भएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेश कको सभापतिमा अमर धिताल सर्वसम्मत चयन भएका छन् भने प्रदेश खको सभापतिमा मानप्रसाद धिताल चयन भएका छन् ।

साथै काङ्ग्रेस क्षेत्र नं १ बाट ३३ जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका हुन् । वर्तमान कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपाने, उपसभापति धिरन थापा, किरणबाबु श्रेष्ठ, पूर्णबहादुर दाहाल, इश्वर पाण्डे, राजनराज पन्त र रेशम गुरुङ चयन भएका छन् ।

यस्तै, जीवनप्रेम श्रेष्ठ, रमेश बस्ताकोटी, प्रकाश लामिछाने, जानुका पन्त, कमला लामिछाने, बिनु लामिछाने, शोभा खनाल भट्ट, प्रेमकुमार खत्री, प्रविण तिवारी, रोशन गुरुङ, पुस्कर गुरुङ, प्रतिमा भट्ट, गजे घले, जनार्दन अर्याल, रामु नेपाली, रचन परियार, कल्पना नेपाली, सरोज देवकोटा, बिना कुमारी श्रेष्ठ, मिना देवी श्रेष्ठ, धर्मेन्द्रकाजी श्रेष्ठ, पेम्वारेता लामा, टिकाराम गुरुङ, आनन्द गुरुङ, ललिता अधिकारी र हितबहादुर अंगाई महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काङ्ग्रेस गोरखाले जनाएको छ ।

त्यस्तै क्षेत्र नं. २ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डे, यसअघिका गण्डकी प्रदेश सांसदसमेत रहेका प्रकाशचन्द्र दवाडी, यसअघिका पालुङटार नगरपालिकाका मेयरसमेत रहेका दीपकबाबु कँडेल, बलराम खड्का, मोहन पोखरेल, भागवत रेग्मी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

त्यस्तै गोविन्द गुरुङ, इमानसिँह बस्नेत, सलाउद्दिन मिया र राजु थापा पनि खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्