| आइतवार, अशोज १०, २०८३

सीमा सुरक्षा बेसक्याम्प राख्ने निर्णय छिटो कार्यान्वयन होओस्

सरकारले गोरखाको साम्दोमा सशस्त्र प्रहरीको सुरक्षा बेसक्याप राख्ने तयारी गरेको छ । लार्के भन्सार कार्यालयलाई व्यबस्थित तथा सुरक्षित गर्न सशस्त्र प्रहरीको बेस राख्न लागेको हो ।
सरकारले दक्षिण सीमानामा सीमा सुरक्षा बेस क्याम्प भनेर सशस्त्र प्रहरी खटाइसकेको छ । उत्तर सीमानामा पनि बिभिन्न १० ठाउँमा राख्ने निर्णय गरेको हो । गोरखाको उत्तरमा चीनसंग सीमाना जोडिएको दुई नाका छ ।
ती दुईमध्य छेकम्पारको ङ्ुइला नाकालाई सरकारले उति प्राथमिकता दिएको छैन । सामागाउँ, साम्दोसंग जोडिएको रुइला नाकालाई चीन सरकारले बढि प्राथमिकता दिएको बुझिन्छ । प्राथमिकतामा नपरेको छेकम्पारसँगको सीमा नाका बाह्रैमहिना खुल्ला छ तर चीन सरकारले रुइला तथा लार्के नाका भने बर्षमा जम्मा दुईफेर मात्र खुलाउने गर्छ ।
सोही नाकामा ताकेर नेपाल सरकारले पनि ठोरी, नारायणघाट, मुग्लिन, बेनिघाट, आरुघाट, लार्के सडक नामको सडक आयोजना सञ्चालन गरेको छ । २०६९ सालदेखि निर्माण आरम्भ गरिएको ङुइला नाका जोड्ने सडकलाई बीचैमा अलपत्र पारेर सरकारले लार्के सडकलाई प्राथमिकता दिएको छ । सो सडक अहिले नेपाली सेनाले धमाधम निर्माण गरिरहेको छ । तर छेकम्पार सडकलाई यो बर्षबजेट बिनियोजन पनि गरेको छैन ।
प्राथमिकतामा नपरेको सडक र नाकालाई पनि प्राथमिता दिनुपर्छ, खुलाउने, विकास गर्ने गर्नुपर्छ । प्राथमिकतामा परेको लार्के अथवा रुइला नाकामा सशस्त्र प्रहरी राख्ने निर्णय गरेको लामो समय भइसक्दापनि कार्यान्वयन भएको छैन । त्यसलाई पनि यथासीघ्र कार्यान्वयन गरी साम्दोमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसक्याम्प राख्ने प्रक्रिया सुरु गर्नुपर्छ ।
साम्दो ३७०० मिटर भन्दा बढि उचाइमा रहेको ठाउँ हो । त्यसैले क्याम्प राख्ने तयारी गर्दा त्यही अनुसारको पूर्वतयारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्