| शुक्रबार, अशोज ८, २०८३

मैले किन नागरिकता पाइन ? मैले के बिराएँ

शैक्षिक सुधारका लागि सहिदलखनमा सघन अनुगमन
आदरणीय राष्टू आमाज्यू, मैले राष्टूपति अर्थात राष्टूप्रमुख अर्थात मेरो अभिभावकलाई राष्टू आमा भन्न रुचाएँरु। म नेपाल आमाकी छोरी, राष्टूविहीन दुई सन्तानकी आमा क्यान्सर र राज्यसँग लडिरहेकी नागरिक हुँरु। मेरो जिन्दगीको कुनै भरोसा छैन, खुकुरीको धारमा पलपल गन्दै म बाँचिरहेकी छुरु। तर अहिले मलाई मेरो जिन्दगीको मायाभन्दा मेरो जवान छोराछोरीको अस्तित्व र पहिचानको चिन्ता छरु। उनीहरू यही धर्तीमा मेरो कोखबाट जन्मे(हुर्के, तर राष्टूविहीन छन् । आमा को नामबाट नागरिकता दिन पाउने दिनको प्रतीक्षा गर्दागर्दै थकित भैसक्यौं, मेरो अन्तिम घडी आउन लागिसक्यो । मैले मेरो सुनुवाइ कहाँ गर्ने राष्टू आमाज्यूरु?
व्यथाले धेरै च्याप्दै जाँदा मलाई अर्धचेतन अवस्था दिल्ली र्पुयाइयोरु। मलाई मेरो प्राणभन्दा मेरो छोराछोरी मसँंग जान पाएनन, कारण उनीहरूसँंग विमानस्थलमा देखाउनुपर्ने पहिचान थिएनरु। बरु मसंँग मेरो विदेशी भाउजूबाट जन्मिएको मेरो भदा गयो ।
ऊ नेपालको वंशजको नागरिक थियोरु। त्यो क्षण राज्यले छोरी भएकोले मप्रति गरेको अन्यायको पराकाष्ठा मलाई लाग्योरु। जवान छोराले निराश भएर कुनै बेला गरेको प्रश्नले मलाई हरदम घोचिरहन्छरु। ‘आमा किन भारतीय नागरिकसंँग बिहे गर्नुभयोरु?’ नेपाली पाउनुभएनरु? हामी आफ्नो राष्टूमा बन्दी भयौंरु। अपराधी जस्तो सजाय पाएका छौं ।
के जवाफ दिने मैलेरु? उनीहरूले आफ्नो बाबालाई राम्रोसंँग चिनेकै थिएननरु। तिनका लागि आमाबा दुवै म नै थिएँरु। त्यो बेला मलाई आकाश र धर्तीले थिचेको जस्तो महसुस भैरहेको थियोरु। ‘मैले कुनै अपराध गरेकी हैन’ भनी ती मेरा सन्तानलाई कसरी सम्झाउनु ? मसँंग कुनैशब्द थिएन ।
म र मेरा दाज्यू जुम्ल्याहा हौंरु। दस मिनेट अगाडि जन्मनुभएको मेरो दाजुले बोर्डिङ स्कुल हुँदै विदेशमा उच्चशिक्षा हासिल गर्नुभोरु। उतै विदेशी विवाह गर्नुभोरु। अहिले नेपालको राजधानीमा घरबार गरी बस्नुहुन्छरु। दाजु उच्चपदमा कर्मचारी हुनुहुन्छ भने विदेशी मूलकी मेरी भाउजू हाम्रोलागि संविधान बनाउने सभासद हुनुहुन्थ्यो । अब विवाह सम्बन्धबारे छोरा र छोरीलाई एउटै कानुन आउँछ होला, एउटै अधिकार हुन्छ होला भनेर खुसी थिएँ, आशावादी थिएँरु। तर आएन ।
सिर्फ दस मिनेटपछि जन्मेकी मलाई गाउँकै स्कुलमा आमाबाले पढाउनु भयोरु। म पन्द्र वर्षमात्र पुगेकी थिएँ । भारत घर भएका मेहर जातको केटासँंग मेरो बिहे गरी आफ्नो कर्तव्य पुरा गर्नुभोरु। उनी बुबा(आमाविहीन भौंतारिँदै नेपाल पसेका रहेछनरु। त्यतिबेला मेरो बुबा(आमाको निर्णयमा मसंँग प्रश्न गर्ने हिम्मत थिएन । म पनि दाइजस्तै पढ्न चाहन्थेँ ।
मैले जानेर(नजानेर उनको घरपरिवार जान्न(बुझ्न खोजेको थिएँ, तर ‘पर्खन पर्ख’ भन्दैमा दिन गयोरु। छोराछोरी जन्मे, तिनलाई हुर्काउन(बढाउन दुवैजना लाग्यौंरु। दिन गएको पत्तो भएनरु। म बीस(बाइस वर्षकी मात्र थिएँ, उनको दुर्घटनामा मृत्यु भयोरु। म कुहिरोको कागजस्तै भौंतारिँदै बाँच्न बाध्य भएँरु।
छोराछोरी दुवैले एसएलसी उत्तीर्ण गरिसकेरु। तर यिनीहरूले पाएनन् । प्रमुख जिल्ला अधिकारीले ‘इन्डिया गई लोग्नेको घरबार पत्ता लगाई उतैबाट जे लिनुपर्छ लिनु’ भन्ने ठाडो जवाफ दिँंदा म छाँगाबाट खसेजस्तै भएँरु। तर हरेस खाइन । हरेक प्रमुख फेरिँंदा म जिल्ला प्रशासन कार्यालय धाउन थालेँ, कसैले सर्ज्मिन ल्याउनु भने, त्यो पनि गराएँ, तैपनि भएनरु। मेरो रोगी ज्यान कष्टकर जीवन देख्दा एक दयालु सीडीओसा’वले ‘तपाईको छोरीको पीर छैन, जसले बिहे गरी लान्छ, उसैले नागरिकता दिइहाल्छ, तर छोराको समस्या भयोरु। श्रीमतीले श्रीमानलाई नागरिकता दिन मिल्दैनरु। बरु कहीं विदेशीसँंग बिहे गरेको आमाको नामबाट नागरिकता दिइएको छ भने नजिर ल्याउनुस्, म दिन्छु, जागिरको मुख हेर्दिनरु।’ कहाँबाट नजिर ल्याऊँ सीडीओ सा’व भनी फर्किएँरु।
प्रजातन्त्रमा नागरिक हक पाइन्छरु। पहिचानको लागि जताततै आन्दोलन गरिन्छ भन्ने सुनेकी थिएँरु। म परिवर्तनको लागि हरेक आन्दोलनमा लागेँरु। मेरो दिन आउँछ भनी त्यसैमा पूर्ण विश्वास गरेँरु। मेरा सन्तानको अस्तित्व र पहिचानको लागिमात्र म ज्यान फाल्न तयार थिएँ, आन्दोलनमा भाग्यले बचेँरु। तर मेरालागि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र केही आएनरु। व्यवस्था र सरकार थुप्रै फेरिए, तर मेरो अवस्था जहाँको तहीं रह्यो ।
कसैले मलाई एसएलसीको प्रमाणपत्रमा छोराछोरीको थर बदल्न सुझाव दिएरु। त्यो पनि मैले कोसिस गरेँ, तर भएनरु। मेरो सुन्दर रूप र भरभराउँदो जवानी देख्दा नलोभिने कोही थिएनरु। जवान, एकल मेरापछि लाग्ने थुप्रै थिएरु। कतिले मेरा छोराछोरी अपनाई आफ्नो नाम दिलाउने वाचा गरी बिहे गर्ने प्रस्ताव पनि राखे, तर मलाई श्रीमानको यादले कहिल्यै छाडेनरु। मैले मेरा छोराछोरीको हृदयमा उनै दयालु बाबुलाई स्थापित गरिसकेकी थिएँ, उनीहरूको विश्वासलाई भत्काउने आँट गरिनरु। एकजना सीडीओ सा’वले ‘बाबु पत्ता नलागेको भन्नुस्, नागरिकता दिने व्यवस्था गरिदिन्छु’ भन्नुभयोरु। मेरो र मेरो श्रीमानको प्रेमको निसानी मेरा सन्तान लावारिस होइनन, सरकार भनी फर्किएँरु।
छोराछोरी मैले जन्माएँ, हुर्काएँ, नागरिकता लिन कुनचाहिँ बाबु खोज्दै हिडौंरु? कोख मेरा सन्तान कसको भनौंरु? राष्टू आमाज्यूरु? आन्दोलन र परिवर्तनपछिका प्रधानमन्त्री, मन्त्री भेट्न ऋण काढेर म बारबार राजधानी आएँरु। सिंहदरबार छिर्नसक्ने हाम्रो हैसियत थिएनरु। मैले मेरो पहुँच र ताकतले पुग्ने हरेक मन्त्री, न्यायमूर्ति, अधिकारकर्मी, जनप्रतिनिधि, ठूला मान्छे धेरै भेटेँ, मेरा सन्तानलाई पहिचान दिनुस् भनी विन्तीभाउ गरेँरु। धेरैले आश्वासन पनि दिए, तर तिनको ढोकामा जाँदा( ‘ए भान्जा(भान्जी लिएर आएकी, चिया खुवाएर पठाउ है’ भनी होच्याउँथेरु। मैले कुनै मामासँंग पहिचान मागेकी होइनरु। ‘देशमा नागरिक बस्छन, भान्जा(भान्जी होइन’भन्ने पनि नबुझ्ने नेता र कानुनविद, विद्वान देख्दा म आगो हुन्थेँरु।संविधानमा लेखिएको मौलिक हक प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक कहाँ गयोरु? कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैनरु। मलाई किन बञ्चित गरियोरु? वंशमा मेरो जुम्ल्याहा दाजु, बुबा, आमाको वंश म किन भइनरु? विवाहलाई नागरिकतासंँग किन जोडियोरु? मेरो दाजुको विवाह र मेरो विवाह सम्बन्ध किन फरक भयोरु?
सन्तान जन्माउन, हुर्काउन सक्ने आमाले पहिचान दिन किन नपाउनेरु? नागरिकता वितरणको राजनीतिमा धेरैको आ(आफ्ना स्वार्थ होलान्, समस्या होलानरु। त्यसको समाधान गर्ने संयन्त्र निर्माण गर्ने र सही नेपाली नागरिकले नागरिकता पाउने व्यवस्था गर्ने कर्तव्य र दायित्वबाट राज्य कसरी पछि हट्न मिल्छ ?
समृद्ध नेपाली सुखी नेपालीको सपना लिएको हाम्रो राष्टूमा पहिचान र अस्तित्व विनाका नागरिक हुंँदा कसरी समृद्धि हुन्छरु? राज्य विनाको नागरिक सुखी भन्ने हुन्छ र राष्टू आमाज्यूरु? राज्य व्यवस्थाको असक्षमता र पितृसत्ताको सोचको सिकार पो भएँ म र मेरा सन्तान राष्टू आमाज्यूरु। मैले के बिराएँरु?
लेखिका प्रदेश(३ की प्रदेशसभा सदस्य हुनरुरु। साभारः कान्तिपुर दैनिक ।

प्रतिक्रिया दिनुहोस्