प्रजातन्त्र दिवसको महत्व बिर्सिएकै हौँ त ?
आज फागुन ७, नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रजातन्त्र बहाली भएको दिन । आज नेपालीजनले प्राप्त गरेको लोकतान्त्रिक अभ्यासको ढोका यसै दिन खुलेको थियोरु। त्यसैले बिभिन्न तीन दिवसीय कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।
हरेक वर्ष हुँदै आएको औपचारिकता पुनः एक पटक दोहोरिनेछरु। प्रधानमन्त्री र मन्त्री र नेताहरू प्रजातन्त्रको विकास र महत्वको वकालत गर्न चुक्ने छैनन्रु। र, ती सबै ओठे र औपचारिक मात्रै हुनेछन्रु। आजको पुस्ताले उपभोग गरेको लोकतन्त्र र नागरिक स्वतन्त्रताको बिजारोपण भएको यस दिनलाई उल्लासपूर्ण तरिकाले स्मरण गर्दै प्रजातन्त्रका अभ्यासका क्रममा हामी कहाँ चुक्यौँ ? चुक्दैछौँ ? गम्भीर समीक्षा आवश्यक छरु। प्रजातान्त्रिक आन्दोलनको बलिदानी संघर्षमा होमिएको नेपाली समाज प्रजातान्त्रिक मूल्य, मान्यता र आचरणमा हिँड्नचाहिँ चुकेको छरु। पटक(पटक प्रजातन्त्र प्राप्तिको लडाइँमा वीरतापूर्ण संघर्षको कथा लेखेको नेपाली राजनीतिक नेतृत्वले प्राप्तिपछि प्रजातान्त्रिक चरित्रमा आफूलाई ढाल्न नसक्दा यसको स्थायित्वमा प्रश्न उठिरहेको छ ।
प्रजातन्त्र प्राप्तिपछिको राजनीतिक व्यवस्थापन गर्न नसक्दा यसको हरण पनि भयो र पुनः संघर्षबाट प्रजातन्त्र स्थापित भएको छरु। नेतृत्वबीच प्रतिष्ठा र सत्तामुखी लडाइँ हावी हुँदा अझै पनि प्रजातन्त्रले स्थायित्व पाउन सकेको छैनरु। कतै पुनः यो गुम्ने हो कि भन्ने चिन्ता छरु। झन् पछिल्ला दिनमा विभिन्न स्वार्थ बोकेका अतिवादीहरू पनि यसविरुद्ध सल्बलाइरहेका छन्रु। यस पृष्ठभूमिमा ७ फागुनलाई सम्ँिझदै गर्दा यसबीचमा भएका त्रुटि÷कमजोरीलाई सच्याउने अठोट नेतृत्वले गर्न सक्नुपर्छ ।
लोकतन्त्रका लडाइँ लडेका नेताहरूमा लोकतान्त्रिक संस्कृति र संस्कार कति छ ? त्यसको आत्मसमीक्षा पनि यही सन्दर्भमा गर्नु उचित हुन्छरु। ७ फागुन विदा कि दिवस ? प्रजातन्त्र दिवस मनाइरहँदा यो प्रश्नको पनि निरूपण खोज्नु जरुरी छरु। यस्ता ऐतिहासिक समारोहहरूलाई औपचारिक र विदाका दिनमा सीमित नराखी यसको सन्देश र महत्वलाई सही अर्थमा स्मरण गर्ने दिनका रूपमा विकास गर्नुपर्छ ।




