| शुक्रबार, अशोज ८, २०८३

स्मार्टफोनको बढी प्रयोगले के के गर्छ असर ?

विषेशज्ञले भनेका छन की बालबालिकालाई स्मार्टफोन दिनु भनेको उसलाई एक ग्राम कोकीन पनि सँगै दिनु जस्तो हो । बच्चा जव स्मार्टफोनको सम्पर्कमा आउँछ त्यसपछि उसको सहि ढंगले मानशिक विकास हुँन पाउँदैन । स्मार्ट फोनको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ । स्मार्टफोटबाट निस्कने रेडियो तरंगले दिमागमा मात्र गहिरो प्रभाव पार्दैन की सुन्ने क्षमतामासमेत ह्रास आउछ । स्मार्ट फोनको प्रयोगले आँखमा असर पुग्छ । यसको कारण आँखाको दृष्टिसमेत कमजोर हुन सक्छ । यस्तो लत लागेका मानिस क्रोनिक डूाई आई सिन्डूोमबाट पीडत हुन सकिन्छ । स्मार्टफोनको बढी प्रयोग गर्ने बच्चाले आउटडोर गेम खेल्न मन गर्दैनन् । जसले गर्दा उसको शारिरिक विकासमा असर पुग्छ । परिणाम मोटोपन जस्ता समस्या देखिन थाल्छन् ।रातमा सुत्नुभन्दा पहिले र विहाने उठ्ने समय स्मार्ट फोन लामो समयसम्म चलाउनु पनि एक रोग हो । जसलाई स्मार्टफोन ब्लाइन्डनेस पनि भनिन्छ । फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन । गोजीमा लामो समय राख्दा पनि स्वास्थ्यमा असर पुग्न सक्छ । स्मार्टफोनलाई कहिल्यै पनि सिरानी मुनि राखेर सुत्नु हुँदैन । यसले अनिद्राको समस्या निम्त्यान सक्छ । अनिद्राको समस्या पनि ठूलो रोग हो । गर्धन बढी झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धि विभिन्न रोग देखा पर्छ ।
स्मार्टफोनमा बढी समय विताउनुको सट्टा विभिन्न खेल खेल्ने, हिड्ने, पत्रिका पढ्ने र मानिसँग कुरा गरेमा बढी खुशी हुन सकिन्छ । स्मार्टफोनमा घन्टौँ विताउनुहुन्छ भने तपाई स्मार्टफोनको लतमा फँसी सक्नुभएको छ ।
यस्तो बानीबाट छुट्करा पाउनको लागि स्मार्टफोनलाई आफुभन्दा टाढा राख्न सक्नुहुन्छ । मोवाइल चेक गर्ने टाइमिङ बनाउँदा अझ राम्रो हुन्छ । तपाईलाई यो आवश्यक छैन की खाना खाने, कसैसँग कुरा गर्ने समय पनि मोवाइल गर्नै पर्छ । साभार ः अनलाईनखबर ।

प्रतिक्रिया दिनुहोस्