
कृषक समुहलाई हातेट्रयाक्टर वितरण
दरौंदी ः गोरखाको अजिरकोट गाउँपालिका ४ का नौ वटा कृषक समुहलाई हातेट्रयाक्टर वितरण गरिएको छ । लुथरन वल्ड रिलिफको आर्थिक सहयोगमा मेड नेपालले उपलब्ध गराएको ट्रयाक्टर सो क्षेत्रका प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले हस्तान्तरण गरे । नौ वटा कृषक समहुलाई आपसी समझदारीमा प्रयोग गर्ने गरी ६ वटा हातेट्रयाक्टर वितरण गरिएको वडा अध्यक्ष जंगबहादुर गुरुङले बताए । जसअनुसार हिमाली, चित्रदेवी , बालकुमारी , समकोण र भुमे , प्रगतीडाँडा, सवल, चण्डेश्वरी, जनजागृति र भुमे माता कृषक समुहलाई ट्रयाक्टर दिईएको हो ।




