| सोमवार, अशोज ४, २०८३

काङ्ग्रेस गोरखाको वडाअधिवेशन सम्पन्न, जिल्लाभर २३ सय क्षेत्रीय प्रतिनिधि चयन

नेपाली काङ्ग्रेसको १५ औँ महाधिवेशनअन्तरगत गोरखामा वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार संचालन भएको वडास्तरीय अधिवेशनले जिल्लाभर २३ सय क्षेत्रीय प्रतिनिधि चयन गरेको नेपाली काङ्ग्रेस गोरखाका सचिव किशोर जंग थापाले बताए ।

जिल्लाको ११ स्थानीय तहका ९४ वडाबाट उक्त सङख्यामा क्षेत्रीय प्रतिनिधिहरु चयन भएको थापाले जानकारी दिए । उनका अनुसार पार्टीको प्रावधान बमोजिम वडाहरुबाट कम्तीमा २३ र बढीमा ५५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । ‘जिल्लाभर ९४ वटै वडाहरुमा छलफल पछि सर्वसम्मत रुपमा वडासमिति गठन भएको छ’, उनले भने ।

आगामी असोज ७ गते जिल्लाका ११ वटै स्थानीय तहहरुमा पालिकामा अधिवेशन हुने गोरखा काङ्ग्रेसका सचिव किशोर जंग थापाले बताएका छन् । यस्तै, प्रदेश क्षेत्रको अधिवेशन असोज ८ गते र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन असोज ९ र १० गते जिल्ला सदरमुकाममा हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्