
सोनी भट्टराईद्वारा आसन्न निर्वाचनमा उम्मेद्वार घोषणा
गोरखा नारेश्वरकी सोनी भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । बालअधिकार, बाल बचाउ तथा बाल संरक्षणका क्षेत्रमा काम गर्ने अभियान्ता सोनीले चुनावमा निर्वाचनमा गोरखा–१ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।
गोरखा नगरपालिका ३ नारेश्वर घर भएकी भट्टराई आगामि निर्वाचन गोरखाबाटै लड्न लागेकी हुन् । उनी बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि क्रियाशील छिन् । काठमाडौँ महानगरपालिकाको बालअधिकार समितिकी विज्ञ सदस्यका रुपमा रहेर काम गरेको अनुभव उनीसंग छ ।
उनकै नेतृत्वको समूहले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो ।राजनीतिशास्त्र विषयमा अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन् ।




