
रास्वपाको ¥यापिड एक्सन टिम गठन
शनिबार गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको ¥यापिड एक्सन टिम(¥याट) गठन भएको छ । सुकबहादुर तामाङको संयोजकत्वमा गठित सो टिमको सहसंयोजकमा राजेन्द्र अर्याल र सचिवमा दीपकराज रेग्मी रहेका छन् ।
टिममा २१ सदस्य रहेका सो पार्टीका सचिव मिलन रानाले जानकारी दिए । पार्टीका जिल्ला सभापति सुवर्ण रोकाहाको अध्यक्षता तथा महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




