
नेपाल निवृत्त शिक्षक समाज सहिद लखन गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न
नेपाल निवृत्त शिक्षक समाज, सहिद लखन गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न समाजको प्रथम अधिवेशनले विष्णु काप्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको समाजका अनन्त न्यौपानेले जानकारी दिए ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, सचिवमा सीताराम ढकाल, कोषाध्यक्षमा शिवहरि अर्याल, सदस्यहरुमा नारायण उपाध्याय, जनकलाल श्रेष्ठ र कृष्णबहादुर थापा चयन भएका छन् । महिला सदस्यसहित दुई सदस्य पछि थप्ने गरी कार्यसमिति चयन गरिएको हो ।
नेपाल निवृत्त शिक्षक समाज गोरखा जिल्ला अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगर, विशेष अतिथि सो गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
्सो कार्यक्रममा निवृत्त शिक्षक बाबुराम अर्यालद्वारा तयार पारिएको ‘वर्तमान शैक्षिक अबस्था एक चिन्तन’ विषयक कार्यपत्र समाजका कपिलबाबु अर्यालले प्रस्तुत गरेका थिए ।
समाजको यसअघि गण्डकी गाउँपालिका स्तरीय समिति गठन भइसकेको छ । छिट्टै पालुङटार नगरपालिकास्तरीय समिति गठन गर्ने तयारी रहेको छ ।




