| मङ्लबार, कार्तिक २४, २०८३

राप्रपाले असोजभित्र जिल्ला अधिवेशन गरिसक्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) गोरखाले आउँदो असोजभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ । मंसीरभित्र केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै भइसकेकाले त्यसअघि असोजभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको जिल्ला अध्यक्ष भगवानदास मल्लले जानकारी दिए ।

केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, उपमहामन्त्री अमृत सापकोटा, केन्द्रीय सदस्य रामराज कोइराला लगायतको उपस्थितिमा बिहिबार सम्पन्न बैठकले निर्णय गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।
बैठकले जिल्ला अधिवेशनअघि वडास्तरीय, पालिकास्तरीय, प्रदेशसभा क्षेत्र स्तरीय, प्रतिनिधिसभा क्षेत्रस्तरीय कमिटीको अधिवेशन पनि गरिसक्ने निर्णय गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्