
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सम्मानित
गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयद्वारा सम्मानित भएका छन् । ३१औं विश्व आदिवासी दिवस मूल समारोहमा अध्यक्ष लामालाई आदिवासी जनजातिहरुको प्रथाजनित कानुन श्याग्या र परम्परागत अभ्यास आम्चीलाई नितिगतरुपमै संरक्षण एवंम प्रवद्र्धन गर्न कानून बनाई स्थायिन तहमा कार्यान्वयन गराउन सफल भएको भन्दै सम्मान गरिएको हो ।
मूल समारोहको एक कार्यक्रमका बीच लामालाई नेपाल सरकारका सञ्चार मन्त्री पृथ्वी शुब्बा गुरुङले सम्मान पत्र हस्तान्तरण गरेका हुन् । ‘चुमनुब्री गाउँपालिकाको अध्यक्षको हैसियतले अहिंशा सम्बन्धी श्याग्या ऐन कार्यान्वय गर्नुभएको र पहिचानको आन्दोलनमा निरन्तर योगदान गरिरहनुभएकोमा उक्त कार्यको प्रशंसा र मूल्याङकन गर्दै’ सम्मान गरिएको अध्यक्ष लामालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।
नेपालको आदिवासी जनजातिहरुको पहिचानमुलक अस्तित्वका लागि अभियान्ताका रुपमा निरन्तर लागिरहनु भएकोले सम्मान गरिएको मूल समारोह समितिले जनाएको छ ।




