
क्रान्तिकारी कम्युनिष्टको जनसम्बन्ध बिस्तार अभियान गोरखामा
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सञ्चालन गरेको ‘जनसम्बन्ध बिस्तार अभियान’ गोरखा आइपुगेको छ । अभियान अन्तरग पार्टीले शनिबार गोरखा सदरमुकामको हरमटारी चोकमा कोण सभा सम्पन्न गरेको छ ।
पार्टीको गत मंसिर १३ देखि २३ गतेसम्म संचालन भएको एकता महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र संघर्ष कार्यदिशालाई नागरिक माझ लैजाने उद्देश्यसहित गोरखामा कार्यक्रम संचालन गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका गोरखा जिल्ला सचिव दुर्गा अधिकारीले बताए ।
पार्टीको कन्चरपुरबाट आएका टोलीले जिल्लाको कोण सभालाई सम्बोधन गरेको उनले जानकारी दिए । ‘कन्चरपुरबाट आएको टिमको यो १६ औँ जिल्ला हो । यसलाई निरन्तरता दिइने छ’, उनले भने । जिल्लाहरुमा कोण सभा सम्पन्न गरेपछि १८ गते काठमाण्डौँमा आमसभा आयोजना गर्ने अधिकारीको भनाइ छ ।