| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेसका संस्थापक उपसभापति वाग्लेको निधन

नेपाली कांग्रेस गोरखाका संस्थापक उपसभापति भोजराज वाग्ले निधन भएको छ । सहिदलखन गाउँपालिका वडा नं. ८ बुंकोट घर भई हाल काठमाडौ, बाफल सितापाइला बस्दै आएका ७५ बर्षीय वाग्लेको शुक्रबार राती मृत्यू भएको हो ।

शुक्रबार मस्तिस्कघात भई मेडिसिटी अस्पतालमा उपचारका लागि पु¥याइएका वाग्लेको उपचारको क्रममा मृत्यू भएको कांग्रेस गोरखाका जिल्ला सचिव कृष्ण आलेले जानकारी दिए । बिगत सात बर्षअघि पनि मस्तिस्कघातबाट बिरामी भई निको भएका उनलाई शुक्रबार पुनः दोहोरिएको उनले बताए ।

वाग्लेको शनिबार बिहान आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । वाग्ले २०३४ सालमा उमानाथ देवकोटाको सभापतित्वमा स्थापना भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका उपसभापति थिए ।

प्रतिक्रिया दिनुहोस्